site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा डेंगी उपचार केन्द्र, कोसी प्रदेशकै ‘हटस्पट’ बन्यो धरान
Sarbottam CementSarbottam Cement

विराटनगर । डेंगी संक्रमणका बिरामीको चाप बढेसँगै ‘हटस्पट’ बनेको धरानमा कोभिड अस्पताललाई डेंगी उपचार केन्द्र बनाइएको छ । कोरोना महामारीको दोस्रो लहरमा सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र अलग्गै कोभिड अस्पताल संचालनमा ल्याएको थियो । बन्दप्राय रहेको सोही भौतिक पूर्वाधारलाई डेंगी रोगीको उपचार गर्न प्रयोग गरिएको हो । 

परिसरभित्रकै कोभिड अस्पतालमा तत्काललाई ३० बेडको छुट्टै डेंगी वार्डको व्यवस्थापन गरिएको छ । दैनिक रूपमा धरानमा संक्रमितको संख्या थपिने र  इमर्जेन्सीमा समेत अत्याधिक चाप भएपछि अलग वार्ड संचालनमा ल्याउनु परेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुणामणि पोखरेलले जानकारी दिए ।  

बिरामीले सहजै उपचार सेवा पाउन सकुन् र अन्य रोगका बिरामीहरूको उपचार सेवामा पनि असर नपरोस् भन्ने उद्देश्यले छुट्टै डेंगी वार्डको व्यवस्था गरिएको पोखरेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएमध्ये सिकिस्त बिरामीहरूलाई आईसीयू,  इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारको प्रबन्ध हुनेछ । त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने बिरामीहरूलाई छुट्टै वार्डमा भर्ना गरी उपचार गरिने प्रतिष्ठानले जनाएको छ ।

कोइरालाले भने, “हाल कोभिड अस्पतालमा सञ्चालनमा ल्याइएको डेंगी वार्डमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा बेड क्षमता विस्तार हुनेछ । सघन उपचार सेवा आइसीयु समेत सञ्चालन गरिने छ ।” प्रतिष्ठानले विज्ञप्तिमार्फत सर्वसाधारणको लागिसमेत डेंगी वार्ड संचालनमा ल्याइएको जानकारी दिएको छ ।

Global Ime bank

प्रतिष्ठानमा आएकामध्ये करिब ७६ प्रतिशतमा डेंगी पुष्टि हुने गरेको छ । डेंगी क्लिनिकमा  ८१९ जनाको परीक्षण गर्दा ६१५ जनामा डेंगी संक्रमण देखिएको थियो । असार अन्तिम सातादेखि प्रतिष्ठानमा डेंगी परीक्षण गर्नेहरूको संख्या बढेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका डेंगी संक्रमणको हटस्पट बनेको छ । उपमहानगरपालिका क्षेत्रमा हालसम्म डेंगीबाट चारजनाको मृत्यु भएको छ । 

कोसी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका ११ जिल्लामा डेंगी संक्रमित फेला परेका छन् । धरानमा दुई वर्षअघि पनि डेंगीको अधिक संक्रमण फैलिएको थियो । 

धरान उपमहानगरको जनस्वास्थ्य महाशाखाका अनुसार वडा नं ११, १५ र १७ मा अधिक संक्रमण फैलिएको छ । कोसी प्रदेशको राजधानी विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरभाइजर मानबहादुर मगरले जिल्ला जिल्लाबाट परीक्षण किटको माग बढ्न थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग थप किट माग गरिएको बताएका छन् । 

चिकित्सकका अनुसार सामान्य अवस्थामा आउनेभन्दा डेंगी लागे निकै तीव्र ज्वरो आउँछ । खानाको स्वाद हराउनु, एकनाशले टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नु डेंगीका लक्षण हुन् । धरान क्षेत्रमा पिउने पानीको अभावका कारण धेरै मानिसले खुला रूपमा भाँडा तथा ट्यांकीमा पानी भण्डारण गर्दा रोग थप फैलिन पुगेको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement