site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सहमहामन्त्रीको आरोप– बालकृष्ण खाँणलाई राज्यले फसायो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि बालकृष्ण खाँणको बचाउ गरेका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका पार्टी केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री खाँणलाई राज्यले फसाएको आरोप लगाए ।

पार्टी मुख्य कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आइतबार यादवले खाँणप्रति राज्यले ठुलो अन्याय गरेको बताए । 

“बाकृष्ण खाँणजीलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठुलो अन्याय गरेको छ,” उनले भने, “अहिलेसम्मको अनुसन्धानबाट जाहेरी छ, न कसैले पोलेको छ न, कुनै प्रमाण भेटिएको छ । तर, थप मुद्दा राजद्रोहको मुद्दासमेत लगाइएको छ । लेनदेनको मुद्दामा राजद्रोहको मुद्दा लगाउने हो भने दिननको १०–२० वटा मुद्दा लाग्छ ।”

उनले खाँण परिवारको सदस्य भएकाले पार्टीबाट सबैको सहयोग आवश्यक रहेको बताए । उनले नसक्ने भए असहयोग नगर्न पनि आग्रह गरे ।
उनले आफूलाई गएको निर्वाचन पार्टीकै केन्द्रीय सदस्यले हराएको भन्दै यसमा न्यायको माग पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro