site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनोमालिन्य हटाए कांग्रेसको बहुमत आउँछ : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद र आपसी मनोमालिन्य हटाउन सके आउँदो आम निर्वाचनमा बहुमत ल्याउन कठिन नहुने बताएका छन् ।

शनिबार सुनसरीको इनरुवामा कांग्रेसको जिल्ला सम्मेलनमा उनले भने, “पार्टीभित्र सानातिना मदभेद हुन्छन् । हाम्रोमा छ, अरूतिर पनि छ । तर, कांग्रेसले आन्तरिक एकतालाई मजुबत बनाएर अघि बढ्न सके फेरि बहुमत ल्याउन सक्छ ।”

उनले आपसी असन्तुष्टिलाई हटाउनुपर्नेमा जोड दिए ।

देशमा स्थायी शान्तिलाई अझ मजबुत बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने पनि उनले बताए । “लोकतन्त्रमै जनअधिकार सवल बन्ने हो,” उनले भने ।

उनले त्यसअघि सुनसरीको बलाहमा निर्मित बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका थिए । बीपीको विचार अहिले पनि सान्दर्भिक रहेको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro