site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान 
तस्बिर : रासस ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । यही साउन ८ देखि १० गतेसम्म रोममा आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी शनिबार साँझ त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्रीसँग कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र प्रधानमन्त्रीपुत्री गंगा दाहाल पनि भ्रमण टोलीमा छन् ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले इटालीमा संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनमा नेपाल सरकारका तर्फबाट उनले औपचारिक रूपमा आफ्नो धारणा राख्नेछन् ।

कार्यक्रमको ‘साइडलाइन’मा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)का अध्यक्षलगायत राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राष्ट्रसंघको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले  इटालीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । यसको आयोजना गैरआवासीय नेपाली संघ, इटालीले गर्नेछ । 

प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu