
काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीको नियात्रा कृति ‘काठमाडौंलाई महासागरको पानी’ तथा ‘शिवपुरी सन्देश’ साहित्यिक पत्रिकाको शताङ्क लोकार्पण गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेललगायतले दुवै पुस्तक सार्वजनिक गरे ।
प्रमुख अतिथि पौडेलले साहित्यले पाठकलाई धेरै कुरा सिकाउने गरेको र आफूले पनि कतिपय कुरा साहित्यको अध्ययनबाट सिकेको बताए ।
शिवपुरी सन्देशको १००औ अंक (नियात्रा विशेषाङ्क)को समीक्षा गर्दै युवराज मैनालीले शिवपुरी सन्देशका नियात्राहरूले धेरै ठाउँको भ्रमण गराउने बताए । बुढाथोकीको कृति ‘काठमाडौंलाई महासागरको पानी’को समीक्षात्मक टिप्पणी अनुपमा रेग्मीले गरिन् ।
कार्यक्रममा वियोगी बुढाथोकी, शंकर भारती, विष्णुबहादुर सिंहलगायतले बोलेको थिए ।