राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)काे महाधिवेशन आगामी फागुनभित्र हुने भएको छ । एक सातापछि आज सकिएको सचिवालय बैठकले पार्टीको महाधिवेशन आगामी माघ वा फागुनमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशनकाे मिति केन्द्रीय सचिवालयकाे प्रस्तावमा केन्द्रीय कमिटी बैठकले तय गर्ने उपमहासचिव प्रकाश ज्वालाले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार सचिवालय बैठक साउन १५ गते बस्ने छ । साउन १६ र १७ गते स्थायी कमिटी बैठक र १८ र १९ गते पाेलिटब्युराे बैठक बस्ने छ । केन्द्रीय कमिटी बैठक साउन २० र २१ गते बाेलाउने निर्णय भएकाे छ ।
अब सदस्यता नवीकरण गर्ने कामलाई पनि अघि बढाइने छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० २१:२७
प्रतिक्रिया दिनुहोस्