site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, महिला घाइते

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बीरगंजका २५ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । 

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश–२–००१ ख ८०२९ नम्बरको ट्रकले विपरित दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई आज दिउँसो ३ः१५ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार लमजुङकी अस्मिता पाठक घाइते छिन् । उनको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । 

ओभरटेक गर्ने क्रममा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको डीएसपी जैसवालले जानकारी दिए। ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro