site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबीच शिष्टाचार भेटवार्ता 

काठमाडौं । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका राजदूत हेलले बिहीबार प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् ।

Argakhachi Cement Island Ad

कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूतलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका थिए ।

राजदूत हेलको कार्यकालमा नेपाल–कतार सम्बन्ध थप मजबुत बनेकोमा भेटमा प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्