अर्थ व्यवसाय
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुनको अहिले मुचुल्का उठाइँदै छ ।
काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखामा सुनको मुचुल्का उठाइँदै गरेको महाशाखाका निर्देशक थानेश्वर आचार्यले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार त्यहाँ सुन जोखिनेछ । मुचुल्का उठाइसकेर सुन महाशाखाकै ढुकुटीमा राखिने उनले बताए ।
राजस्व अनुसन्धान विभागको टोलीले सो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १४:४५
प्रतिक्रिया दिनुहोस्