देश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनसँगै तीनजना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीनजनालाई पक्राउ गरिएको हो ।
भन्सार पास भइसकेको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट गन्तव्यतिर लैजाने क्रममा बरामद भएको उनको भनाइ छ। ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको उनले जानकारी दिए ।
हङकङदेखि क्याथे प्यासिफिक जहाजबाट उक्त सुन चारदिन अघि नै नेपाल आएको थियो । रेडी ट्रेडलिंक बूढानीलकण्ठको नाममा ल्याएको १६० वटा ब्रेकप्याड भित्र लुकाइएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० ००:०१
प्रतिक्रिया दिनुहोस्