देश

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।
राजस्व अनुसन्धान विभागका अधिकारीहरूका अनुसार बुधबार साँझ सुन बरामद गरिएको हो ।
राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको बताइएको छ ।
कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । विभागले अहिले अप्रेसन जारी राखेको छ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० २१:५३
प्रतिक्रिया दिनुहोस्