site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमडीएमएस प्रणाली : ४५ लाखमध्ये २,३५८ फोनको मात्रै आईएमईआई नम्बर दर्ता
SkywellSkywell

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली गत जेठदेखि नै सञ्चालनमा आए पनि कार्यान्वयन चुस्त हुन सकेको छैन् ।

गत वर्ष २०७९ को भदौदेखि गत जेठ १५ सम्म आयात भएका तर आईएमईआई नम्बर दर्ता नभएका फोन प्रयोगकर्ताले दर्ता नगर्दा कार्यान्वयन नभएको हो ।

गत वर्षको भदौअघि भित्रिएका सबै फोनको आईएमईआई नम्बर सरकारले निशुल्क दर्ता गरिदिएको थियो । त्यसपछि समेत गत जेठ १५ सम्म आईएमईआई नम्बर दर्ता नभएका करिब ४५ लाख फोन भित्रिएर सञ्चालनमा रहेका छन् ।

KFC Island Ad
NIC Asia

यस्ता फोनको आईएमईआई नम्बर दर्ता गर्न सरकारले शुल्क तोकेर आर्थिक वर्ष २०७९/०८० को अन्तिम असार मसान्तसम्म दर्ता गरिसक्न भनेको थियो ।

तर, आर्थिक वर्ष २०८०/०८१ को साउन २ गते प्राप्त तथ्यांकअनुसार दुई हजार ३५८ फोनको आईएमईआई नम्बर मात्रै एमडीएमएसमा दर्ता भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

यी फाेन दर्ता हुँदा करिब एक कराेड ४७ लाख रूपैयाँ राजस्व उठेकाे छ ।

प्राधिकरणका सहायक प्रवक्ता एवं उप निर्देशक अच्युतानन्द मिश्रले करिब ४५ लाख फोनमध्ये दुई हजार ३५८ फोनको मात्रै आईएमईआई नम्बर दर्ता भएको बताएका छन् । तोकिएको अवधिमा दर्तामा नआए पनि अर्थ मन्त्रालयले दर्ता अवधि बढाउने तयारी गरिरहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

“असार मसान्तसम्म दर्ता हुन भनिएको थियो । थोरै प्रयोगकर्ताले मात्रै आफ्नो फोनको आईएमईआई नम्बर दर्ता गरेका छन् । अब, एक महिना लम्ब्याउने तयारी भइरहेको छ,” ती अधिकारीले भने । निर्णय भएर सार्वजनिक हुन्छ भन्ने यकिन मिति भने उनले जानकारी नभएको बताए ।

यसरी दर्ता नभएका फोनहरु ब्लक गर्ने/नगर्ने विषयमा समेत अहिलेसम्म कुनै ठोस निर्णय भइसकेको छैन । नेपाल भित्रिने सबै फोनको आईएमईआई नम्बर भन्सरबाटै दर्ता भइसक्छ ।

विदेशबाट आउँदा ल्याउनेका लागि विमानस्थलमा दर्ता गर्ने व्यवस्था छ । अन्यथा भित्रिने फोन कालोबजारीबाट भित्रिने र तिनैको आईएमईआई नम्बर दर्ता नहुने भन्दै त्यस्ता फोन ब्लक गर्ने गरी एमडीएमएस सञ्चालनमा ल्याइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro