site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
के हो स्क्रब टाइफस ? यी हुन् बच्ने उपाय

काठमाडौं । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ‘ओरिन्सिया सुसुगामासी’ भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल, घर वरपरको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

स्क्रब टाइफसका लक्षणहरू
स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ । टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखापर्न थाल्छन् । विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, स्वासप्रस्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छन् र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।

यी हुन् बच्ने उपाय ?
स्क्रब टाइफस आफैँमा खतरनाक रोग होइन । तर, समयमै रोग पत्ता नलाग्दा र औषधिको उचित प्रयोग नगरेमा बिरामीको ज्यान जाने खतरा हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यसको समयमै उपचार नभए फोक्सो, कलेजो, मस्तिष्क आदिमा असर पुर्‍याएर धेरैवटा अंगमा एकैपटक असर पर्ने (मल्टी अर्गान डिस्फङसन) समेत हुनसक्छ । बचे उपाय निम्नानुसार छन् :

– खेतबारीमा काम गर्दा, वनजंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने,
– घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने,
– सम्भव भएसम्म भुँइमा नबस्ने । खाँटमा वा अग्लो स्थानमा सुत्ने, बस्ने
– सकेसम्म घाँसबारी वा चौरमा नबस्ने
– चउर, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने,
– मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro