site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपाले वेल घेरेपछि संसद् बैठक १५ मिनेटलाई स्थगित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले विरोध जनाउँदै वेल घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यसअघि, आइतबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पेस गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरिएपछि सभामुख देवराज घिमिरेले विधेयक पेस गर्न अनुमति दिएका थिए ।

बैठकमा विधेयक पेस गर्नासाथ रास्वपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाए । रास्वापाका प्रमुख सचेतक सन्तोष परियारले विधेयकमाथि छलफल गर्दा निणयार्थ पेस नभएको भन्दै आपत्ति जनाएका थिए ।

Global Ime bank

रास्वपाको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement