राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीकर्मीसँग छलफल गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरू आन्दोलित भएको अवस्थामा सरकारले उनीहरूसँग छलफल गरेर समस्याको समाधान गर्न आग्रह गरे ।
उनले केही सहकारीको कमजोरीका कारण देशका सयौँ सहकारी आलोचित भएको भन्दै यसलाई सरकारले उचित तवरले नियमन गर्नुपर्ने बताए ।
अर्को प्रसंगमा उनले लामो समयदेखि श्रमिकहरूको न्यूनतम पारिश्रमिक नबढाएको भन्दै तत्काल न्यूनतम ज्याला निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १५:३५
प्रतिक्रिया दिनुहोस्