site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गुठीसम्बन्धी समस्या समाधान गर्न सांसद बाँस्कोटाको माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले गुठीसम्बन्धी समस्या समाधान गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले किसानले जमिन जोतिरहे पनि आफ्नो नाममा दर्ता हुन नसकेको बताए ।

“जसले पुस्तौँपुस्तादेखि जमिन जोतिरहेको छ । तीनका नाममा, बाबुबराजे सबै बितिसके । आज पनि उनको जमिन दर्ता हुन सकेको छैन । ती खोटो माल भएका छन्,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सिन्धुपाल्चोकको आधा समुदाय गुठीको समस्याबाट पीडित रहेको बताए । काभ्रेको सिपाघाट, चण्डेश्वरी, पलाञ्चोकलगायत क्षेत्रमा पनि यस्तो समस्या रहेको उनको भनाइ छ ।

जमिन आफ्नो नाममा नभए पनि कमाइरहेकाले औषधि उपचार कसरी गर्छन् ? भन्दै उनले प्रश्न गरे ।

Global Ime bank

काभ्रेको भुम्लुका ७ र ८ वडामा नापी समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा कार्यालय राखिएको भन्दै उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा हटाइएको उल्लेख गरे । किसानलाई जमिनको पुर्जा दिने काम किन रोकिएको हो ? भन्दै उनले प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement