site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष– धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन
फाइल तस्बिर ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

उनले नेकपा (एमाले)प्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको उल्लेख गर्दै उनले गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।

“अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ । यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने, यसको ग्राउन्ड छ । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू छन्,” उनले भने, “चुनावका बेलामा सँगै अघि बढेका शक्तिहरू एक ठाउँमा छन् । जटिल मोडहरूमा एकताबद्ध भएका शक्तिहरू एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छाँै कि भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन ।”

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्र नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro