site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एभरेष्ट बैंकले गर्‍यो विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुधौली नगरपालिकापा वडा नं. ४ सिन्धुलीमा अवस्थित सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ । विद्यालयको खानेपानी व्यवस्थापनका लागि एक लाख ५० हजार आर्थिक सहयोग गरेको हो ।

सहयोग रकमको चेक बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णु ‍प्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् । सहयोगबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ ।

Argakhachi Cement Island Ad

विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनीय भूमिका खेल्ने र आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।  

एभरेष्ट बैंकले १२६ शाखा कार्यालय, तीन एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्