site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध आयात रोक्ने पहलमा उद्योग संगठनको ऐक्यबद्धता
SkywellSkywell

विराटनगर । उद्योग संगठन मोरङले भारतको जोगबनीबाट साउन १ गतेदेखि राजस्व छलेर सरसमान ल्याउने प्रवृत्तिमा कडाइ गर्न विराटनगर महानगरपालिकाले लिएको अगुवाइको स्वागत गरेको छ । खुला सिमानाबाट राजस्व छली हुने आयातलाई कडाइ गर्ने कार्यप्रति उद्योग संगठन मोरङले पूर्ण समर्थन गर्दै ऐक्यवद्धता जनाएको हो ।

गैह्रकानुनी रुपमा हुने आयातका कारण स्वदेशी उद्योग व्यवसाय धरासायी बन्दै गएकोमा महानगरको यो प्रयासले स्वदेशी व्यापार व्यवसाय विस्तारमा मद्दत पुग्ने संगठनका अध्यक्ष राकेश सुरानाले बताए । विराटनगरको बजारलाई गुल्जार बनाउँदै विराटनगरको औद्योगिक पहिचानलाई अक्षुण राख्न महानगरपालिकाले गरेको प्रयास प्रशंसनीय रहेको अध्यक्ष सुरानाले सुनाए ।

KFC Island Ad
NIC Asia

जोगबनी भन्सार क्षेत्र मात्र नभएर ६३ किलोमिटर लामो खुला सिमाना भएकाले सबैतिरबाट हुने गैह्रकानुनी ओसारपसारलाई निरुत्साहित गर्नुपर्नेमा संगठनले जोड दिएको छ । यसरी आउने बस्तुसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी उद्योग व्यवसाय मारमा परिरहेको अवस्थामा महानगरको यस प्रयासबाट स्वदेशी उद्योग व्यवसायलाई राहत पुग्ने संगठनको ठहर छ ।

सुरानाले भने, “अवैध तथा गैरकानुनी तवरबाट नेपाल प्रवेश गर्ने वस्तुले सरकारको राजस्व र स्वदेशी बजारमा नकारात्मक प्रभाव परिरहेको छ । यस्तो अवस्थामा स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्योगी व्यवसायी एवं सबै सरोकारवालाहरुले साथ सहयोग र समर्थन गर्नु पर्दछ ।”

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro