राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी छाडेका नेताहरुको ठाउँमा अरु नेतालाई जिम्मेवारी दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुणामणि जंगलीलगायतले पार्टी छोडेपछि उनीहरुको जिम्मेवारी रिक्त छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० १२:३९
प्रतिक्रिया दिनुहोस्