site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अब ट्विटरमा पनि पैसा कमाउन सकिने, फिचर सार्वजनिक हुँदै 

काठमाडौं । ट्विटरमा प्रयोगकर्ता एवं क्रिएटरहरूले पैसा कमाउन सकिने फिचर सार्वजनिक हुने भएको छ । 

एलन मस्कले ट्विटरमा प्रयोगकर्ताले पैसा कमाउन सकिने घोषणा गरेको केही महिनापछि फिचर सार्वजनिक हुने भएको हो ।

चर्चित प्रयोगकर्ताहरूले पैसा कमाउन थालेको र अबको ७२ घण्टाभित्र पैसा प्राप्त गर्न सकिने नोटिफिकेसन आएको बताएका छन् ।

ट्विटरमा पैसातिरेर ब्लूटिकमार्क पाएका प्रयोगकर्ताहरूले मात्रै पैसा कमाउन सक्नेछन् र उनीहरूले ट्विटरको रिप्लाइमा देखाइएको एडका आधारमा पैसा प्राप्त गर्नेछन् ।

सुरुमा दश लाखको संख्यामा फलोअर भएका प्रयोगकर्ताहरूले केही हजार डलरदेखि ४० हजार अमेरिकी डलरसम्म कमाउन सक्नेछन् । ट्विटरले यो फिचर चाँडै अन्य प्रयोगकर्ताहरूका लागि पनि सार्वजनिक गर्ने जनाएको छ ।

कस्तो अकाउन्टहरूले पैसा कमाउन सक्नेछन् भन्ने सबै सार्वजनिक नभए पनि पछिल्लो तीन महिनामा ट्विटमा ५० लाख इम्प्रेसन भएकाहरूले पैसा कमाउन सक्नेछन् ।

एलन मस्कको गतिविधिबारे जानकारी दिने ट्विटर ह्यान्डल एलन अर्लट्सले दुई हजार २०० अमेरिकी डलर आम्दानी गरेको ट्विट गरेका छन् ।

मेटाले ट्विटरको प्रतिस्पर्धीका रूपमा थ्रेड्स एप सार्वजनिक गरेका बेला ट्विटरले पैसा कमाउन सकिने फिचर सार्वजनिक गरेको हो । यद्यपि, ट्विटरका प्रमुख मस्कले यो योजनाको घोषणा पहिले नै गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro