site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दिया र उदयपुरमा बलात्कार आरोपमा दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । बर्दिया र उदयपुरमा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।

बर्दियामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजापुर नगरपालिका–४, भीमापुर घर भई गेरुवा गाउँपालिका–५, लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती बालिकालाई गत सोमबार साँझ बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

त्यस्तै, उदयपुरमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका–६, सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका–६, सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro