site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खराब कर्जा के हो ? कसरी बढ्छ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० सकिएको छ । आर्थिक वर्षसँगै बैंक तथा वित्तीय संस्थाहरूले हिसाब मिलानको काम पनि करिब समापन गरेका छन् । प्रत्येक त्रैमासमा सार्वजनिक गर्ने वित्तीय विवरण तयार गर्न पनि बैंकहरू व्यस्त छन् ।

वाणिज्य बैंकहरूले त्रैमासिक वित्तीय विवरण त्रैमास सकिएको एक हप्ताभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । वार्षिक वित्तीय विवरण भने साउनको तेस्रो साताभित्र सार्वजनिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

सोहीअनुसार अहिले बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण तयार गरिरहेका छन् । यो वर्ष बैंकहरूलाई गत वर्षको जस्तो सहज छैन । नाफासँगै बैंकको खराब कर्जा पनि बढ्ने संकेत यो वर्ष देखिएको छ ।

Dabur Nepal
NIC Asia

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको बैंकको बराब कर्जा हेर्दा निरन्तर बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिएको कर्जा समयमै उठाउन नसक्नु नै खराब कर्जा हो ।

वर्षको अन्तिममा त्यस्तो कर्जा बढ्न सक्ने सम्भावना देखिएको छ । चालु आर्थिक वर्षको पहिलो, दोस्रो र तेस्रो त्रैमासको खराब कर्जाको स्थिति हेर्दा आर्थिक वर्षको अन्त्यमा पनि बढ्ने देखिन्छ ।

राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा वाणिज्य बैंकको औसत खराब कर्जा १.८३ प्रतिशत थियो । दोस्रो त्रैमासमा २.४९ र तेस्रो त्रैमासमा ३.२३ प्रतिशत थियो ।

तर, राष्ट्र बैंकले गरेको पुनर्तालिकीकरणसम्बन्धी व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई केही सहजता हुन सक्ने पूर्वबैंकर परशुराम कुँवर क्षेत्री बताउँछन् । बैंकर्स पनि राष्ट्र बैंकको व्यवस्थाले गर्दा केही हदसम्म सहुलियत भएको बताउँछन् ।

चौथो त्रैमासमा भने खराब कर्जा सोचेजस्तो नबढ्ने क्षेत्री बताउँछन् । “बीचमा हामीले बढी खराब कर्जा बढ्ने आकलन गरेका थियौँ । तर, चौथो त्रैमासमा ठिकठाक भएजस्तो छ । जग्गाको कारोबार पनि भएको छ । सेयरको कारोबार पनि भएको छ,” उनले बाह्रखरीसित भने, “अनि, राष्ट्र बैंकले पुर्संरचना र पुनर्तालिकीकरण गर्न पनि पाउने व्यवस्था गरेको छ । त्यसले पनि राहत दिएको छ ।”

बैंकबाट लिएको ऋण ऋणीले समयमा नतिर्दा खराब कर्जा बढ्ने हो । तर, ऋणीलाई राष्ट्र बैंकले सहज बनाइदिएकाले खराब कर्जा तेस्रो त्रैमासकै हाराहारीमा हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

“चैतसम्मको गुड लोनलाई तालिकीकरण गर्न दिइएको छ । त्यसले बैंकहरूलाई केही राहत त देला,” उनले भने, “यो व्यवस्थाले गर्दा केही सहजता त भयो, कति भयो भनेर अब चौथो त्रैमासको वित्तीय विवरण पर्खनुपर्ने हुन्छ ।”

अहिलेको अवस्थामा राष्ट्र बैंकले सहजीकरण गरिदिएकाले खराब कर्जा धेरै नबढेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।

लुकाउन सक्छन् बैंकले खराब कर्जा ?
बैंकहरूले कराब कर्जा लुकाउन सक्ने अवस्था कम हुन्छ । किनभने, राष्ट्र बैंकलाई प्रत्येक महिना विवरण बुझाउनुपर्ने हुन्छ । त्यसरी विवरण बुझाउँदा बैंकहरूले गलत गरे पत्ता लाग्ने क्षेत्री बताउँछन् ।

“राष्ट्र बैंकले सबै परिभाषित गरेको छ । बैंकहरूले कुनै हालतमा पनि खराब कर्जा लुकाउन मिल्दैन । लुकाइहाले भने पनि लामो समय टिक्दैन,” पूर्वबैंकर क्षेत्रीले भने ।

निष्क्रिय कर्जालाई राष्ट्र बैंकले चार किसिममा वर्गीकरण गरेको छ । तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जालाई कमसल, ६ महिनादेखि एक वर्षसम्म भाखा नाघेका कर्जालाई शंकास्पद, एक वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जालाई खराब र ऋणीले कर्जा तथा ब्याज तिर्न नसक्ने अवस्था नरहेको खण्डमा त्यसलाई पुनर्तालिकीकरण वा पुनर्संरचना गरिने व्यवस्था गरिनुलाई पनि राष्ट्र बैंकले निष्क्रिय कर्जाका रूपमा परिभाषित गरेको छ ।

ऋणीले समयमा ऋण नतिरेमा बैंकले धितो लिलाम गरेर भए पनि आफ्नो ऋण चुक्ता गर्न सक्छ । कतिपय बैंकहरूको साना–साना ऋण भएकाले पनि त्यस्तो ऋण उठाउन सजिलो हुने गरेको छ । तर, ठूला परियोजनामा गरिएको करोडौँ रुपैयाँ ऋणमा पैसा फसे त्यसले ठूलो असर गर्ने क्षेत्री बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro