site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । रिटको सुनुवाइ १८औँ नम्बरमा रहेको छ ।

यसअघि, तीनपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो । आज न्यायाधीश मल्लको एक मात्र इजलासमा रहेको हुनाले सुनुवाइ हुने सम्भावना रहेको छ ।

गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो ।

कोसीका निर्वतमान मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् ।

रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro