site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिँदै, आजै आर्यघाटमा दाहसंस्कार गरिने 

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ । उपचारको क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।

सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो ।

सीता दाहालको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै २ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले नर्भिक अस्पतालमा सुरक्षाकर्मी, मन्त्री, सर्वसाधारणलगायतको ठूलो भीड लागेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro