site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
‘मन्दिरको भवन खरिदमा लापरबाही र अनियमितता दुवै छैन’ 
Sarbottam CementSarbottam Cement

बस्टन (अमेरिका) । पशुपति बुद्ध फाउन्डेसन अफ न्यु इंग्ल्यान्ड (प्याबफोन)ले अमेरिकाको म्यासाचुसेट्सस्थित ब्रेनट्रीमा रहेको मन्दिरको प्रपर्टी खरिदमा लापरबाही र अनियमितता दुवै नभएको जिकिर गरेको छ ।

बाह्रखरीमा एक साताअघि ‘बस्टनको पशुपतिनाथ र बुद्धको मन्दिर : भवन खरिदमा लापरबाही कि अनियमितता ?’ शीर्षकको समाचार प्रकाशित भएको थियो । प्याबफोनले यो समाचारको खण्डन गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१९ अगस्ट पहिलो साता प्याबफोनका तत्कालीन अध्यक्ष विष्णुमणि आचार्य र भवन निर्माण समितिका अध्यक्ष सुशीलचन्द्र पौडेलको हस्ताक्षरसहित उक्त प्रपर्टी किनिएको थियो । र, साढे तीन वर्ष लगाएर त्यसलाई मन्दिरको स्वरूपमा ढालिएको थियो ।

उक्त भवन नेपालीमूलका अमेरिकीको साढे १७ लाख डलरमा किनिएको हो । त्यसको १० महिनाअघि बिल्डर क्लेमेन्ट्स प्रपर्टीज एलएलसीले मात्र ६ लाख २५ हजार डलरमा सो भवन किनेको थियो । त्यो प्रपर्टीमा केही सुधार नगरी आफूले हालेको मूल्यको झन्डै तीन गुणा ज्यादा रकममा नेपालीमूललाई बेच्न क्लेमेन्ट्स सफल भएको थियो ।

Global Ime bank

त्यहाँको स्थिति, आकार, अवस्था, पार्किङको पर्याप्तता, सार्वजनिक यातायातको सुविधालगायत कारणले उपयुक्त ठानी उक्त मूल्यमा भवन किन्न स्वीकृत गरिएको प्याबफोनको तर्क छ । भवन खरिद प्रक्रिया पनि पूर्णतः समावेशी र पारदर्शी भएको प्याबफोनको जिकिर छ ।

भवनको पुनर्संरचना कार्य अधूरै छोडेर बेपत्ता भएको कम्पनीलाई हालसम्म कानुनी दायरामा ल्याइएको छैन । समाचारको खण्डनमा उल्लेख छ, “अब हामीहरू सो कन्ट्राक्टरउपर कानुनी कारबाही प्रारम्भ गर्दै छौँ ।”

खण्डनको पूर्णपाठ पढ्नोस्–
पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंग्ल्यान्डको भवन खरिद, यसको पुनरसंरचना तथा मन्दिरको सञ्चालनका सम्बन्धमा नेपाली दैनिक पत्रिका बाह्रखरिमा श्री दिनेश कार्की द्वारा लिखित मिती July 3, 2023 मा प्रकाशित समाचार मा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त समाचार मा लेखिएका सामग्री द्वारा जन साधारणमा भ्रम सिर्जना हुन गएको देखिएकोले उक्त समाचारको खण्डन गर्दै सर्वसाधारण मा पर्न गएको भ्रम को निवरणार्थ सत्य तथ्य सहित यो बिवरण प्रस्तुत गरेका छौं ।
भवन खरिद गर्दा को निर्णय प्रक्रिया पूर्णतः समावेशी तथा पारदर्शी थियो । भवन विक्रीका लागि listing मा आएको जानकारी प्राप्त भएपछि जुन १९, २०१९ मा भवनको अवलोकन पछि कार्यसमितिको पूर्ण बैठक बसी उक्त भवन हाम्रो आवश्यकता अनुसारको भएको र यसलाई बीस लाख डलर सम्ममा खरिद गर्न उपयुक्त हुने निर्णय भएको थियो । सम्बन्धित विशेषज्ञहरु सँग को सल्लाह पश्चात कम रकम बाट सुरु गर्न सत्र लाख पचास हजार डलर मा अफर राख्ने काम गरिएको थियो । अफर स्वीकृत भएपछि जुन २५ मा सार्बजनिक आह्वान गरी भवनको अवलोकन सहित खरिद प्रक्रिया अगाडि बढाउने / नबढाउने निर्णय गर्न जुन २८ मा उक्त भवनमै विशेष साधारण सभा बोलाइएको थियो । उक्त बिशेष साधारण सभा मा उपस्थित महानुभावहरु बाट भवनको पूर्ण रुपमा अवलोकन गरिएको तथा उपस्थित हुन नसक्ने सर्वसाधारणका लागि facebook लाइभ मार्फत भवनको अवलोकन गराइएको थियो ।
यो साधारण सभाले भवनको स्थिती (location), आकार (size) तथा अवस्था (condition), पार्किङको पर्याप्तता, सार्वजनिक यातायातको सुविधा आदि सबै बिषयमा विचार-विमर्श तथा छलफल गरी हाम्रो उद्धेश्य का लागि पर्याप्त तथा उपयुक्त छ भनी ठहर गरी १७ लाख ५० हजार डलर मा खरिद गर्न स्वीकृति दिएको थियो । सोही अनुरुप खरिद प्रक्रियामा अगाडि बढ्दै जुलाई ३ तारिखमा खरिदबिक्री सम्झौता (p&s agreement) गरिएको थियो । यसको जानकारी तथा निर्णय प्रक्रिया फेसबुक लाइभ लगायत सामाजिक संजाल का विभिन्न माध्यमबाट सार्वजनिक गरिएको थियो र यी सबैको दस्तावेज हामीसँग सुरक्षित छ ।
यो सम्झौतापछि अगष्ट ७ तारिखमा भवन पास गरेर लिनुभन्दा पहिले अर्थ संकलन तथा भवनका अन्य विषयमा छलफल गर्न पटकपटक कार्यसमितिको पूर्ण बैठकहरु बसेका थिए । यो भवनको खरिद गर्ने जानकारी तथा यसमा सहयोगको आह्वान गर्दै बृहत् अभियानकै रूपमा प्रचारप्रसार गरिएको थियो, जसको फलस्वरुप करिब एक महिनाको त्यो अवधिमा करिब दुइ लाख पचास हजार डलर रकम संकलन गर्न सफल भएका थियौं । यसबाट पनि सामाजिक समावेशिता, पारदर्शिता तथा खरिद गर्न लागेको भवन प्रतिको जनभावनाको बारेमा प्रष्ट हुन सकिन्छ ।
यो भवन १७ लाख डलर मा विक्रिको लागि listing मा आएको मा सम्बन्धित Real Estate कारोबारका विशेषज्ञ हरु सँगको परामर्श तथा समन्वयमा निम्नलिखित आधारमा तत्कालीन प्रचलित बजार मूल्य अनुसार १७ लाख ५० हजार डलरमा अफर गरी खरिद प्रक्रिया अगाडि बढाइएको हो ।
• करिब २३ हजार Square Feet को जग्गामा १४ हजार ४ सय Square Feet क्षेत्रफलको भवन (सामान्य आवासीय भवन भन्दा ६-७ गुना ठूलो)
• करिब ४५ वटा गाडी अटाउने parking lot
• सार्वजनिक यातायात metro train ( red line ) सँग जोडिएको, सार्वजनिक बसको रुट मा परेको, Braintree को प्रमुख सडक Washinton Street मा अवस्थित रहेको
• १९६३ मा बनेको राम्रो अवस्था (condition) को पक्की भवन
• मन्दिर तथा सामुदायिक केन्द्रको रुपमा प्रयोग गर्नको लागि आवश्यक पर्ने city को permit समेत भएको
• ४०२ जना सम्मको occupancy permit समेत भएको
• हाम्रो आवश्यकता अनुसारको उपयोगिता भएको
मन्दिरको लागि हामीले पाए सम्म church building नै खोजिरहेका थियौ, तर यो building भन्दा अगाडि यस्तो आकारको church को संरचना पाएका थिएनौ । अर्थशास्त्रको मूल्यको “demand and supply” सिद्धान्त अनुसार पनि यो Church Building को मुल्य १७ लाख ५० हजार हाम्रालागि उचित लागेको हो, किनभने हाम्रो झण्डै दुइ बर्षको Building खोजि गर्दाको अनुभव अनुसार अर्को यस्तै church को संरचना Boston वरिपरि पाउने सम्भावना न्यून थियो ।
भवनको मूल्य विगतमा भएको खरिद मूल्यको आधारमा नभई त्यसको वरपर भएका समान किसिमका अन्य भवनहरूको सुक्रिबिक्रीको भाउको आधारमा हुन्छ । कुनैपनि property को उचित मूल्य निर्धारणको लागि सो काम गर्ने विशेषज्ञहरु हुन्छन्, उनीहरुले यस्तो कामको लागि state बाट license समेत लिएका हुन्छन् । उनीहरुले निकालेको मूल्य सबैभन्दा बढी विश्वसनीय मानिन्छ, र यसकै आधारमा बैंकहरूले समेत ऋण (Mortgage loan) प्रवाह गर्दछन् । हाम्रो यो भवन खरिद गर्दा हामीले leader bank बाट ऋण लिएका थियौ। त्यो क्रममा बैँकले Braese Associates, Inc. बाट मूल्य निर्धारण (appraisal) गराएको थियो । त्यसमा हाम्रो भवनको मूल्य १८ लाख ९० हजार डलर आएको थियो । हामीले bank बाट प्राप्त गरेको त्यसबेलाको appraisal report हामीसँग सुरक्षित छ ।
हाम्रो खरिद प्रक्रियामा कुनैपनि बेलामा एउटा real state agent सँग मात्रै काम गर्ने भनेर एक्सक्लुसिभ सम्झौता (Exclusive Agreement) गरिएको थिएन । जुनसुकै एजेण्ट मार्फत पनि उपयुक्त property को जानकारी पाएका बखत हामी हेर्न गयौ, अनुसन्धानमा लाग्यौं र उपयुक्त देखिएको खण्डमा अफरको प्रक्रियामा समेत गयौ । यो दौरानमा हामीले विभिन्न एजेन्टहरुसँग एकैपटकमा समेत काम गर्यौ । थुप्रै property मा अफर राख्ने प्रक्रियामा समेत गएका थियौँ । हाम्रो अहिलेको खरिद गरिएको भवन Kevin Lawn (K. C. Lawn Real Estate) नामक एजेन्ट मार्फत खरिद गरिएको थियो ।
भवन खरिद प्रक्रियामा offer रकम निर्धारण गर्नको लागि विज्ञहरुसँग गरिएको सहकार्य, कानुनी प्रक्रियाका लागि प्रयोग गरिएको बिज्ञ कानुनविद्, इंजीनियरबाट गराइएको भवनको structural inspection, रकम बढीभन्दा बढी संकलन गर्न गरिएको सामाजिक अभियान, आर्थिक पारदर्शिता तथा सामाजिक समावेशिताका माध्यमबाट खरिद प्रक्रिया अत्यन्त सफल तथा पारदर्शी थियो । यसमा कुनै किसिमको अनियमितता भएको अथवा हेलचेक्र्याइँ गरिएको थिएन र छैन पनि ।
भवनको पुनर्संरचना गर्ने निर्माणकार्य पूर्ण नगरी बेपत्ता हुन गएको contractor लाई कानुनी कार्यवाही गर्नुपर्छ भनेर हाम्रो कार्यसमितिमा छलफल भई निर्णयसमेत भइसकेको छ । पहिला मन्दिर खोलेर सञ्चालन गर्ने कुरा प्राथमिकतामा परे अनुसार सो कार्य पूरा भएको छ । अब हामीहरु सो contractor उपर कानुनी कारवाही प्रारम्भ गर्दैछौं ।
भवनको अगाडिपट्टि भएको क्रसको चिन्हको सम्बन्धमा पनि मन्दिर सञ्चालनमा आएपछि सो चिन्ह लाई मेटेर हाम्रो आस्था अनुसारको (ॐ अथवा त्रिशूल डमरु) मा परिणत गर्ने भन्ने बारेमा पहिले नै कार्यसमितिमा छलफल भएको हो । त्यसको लागि पनि अब समय उपयुक्त भएको हामीले महशुस गरेका छौं ।
मन्दिरको प्राणप्रतिष्ठा को समयमा सहभागिता न्यून भयो भन्ने सम्बन्धमा हामीले तथा सबै आगन्तुक महानुभावहरुले सामाजिक सञ्जालमा प्रस्तुत गर्नुभएका तस्वीरहरु, भिडियो तथा facebook लाइभ बाट नै यथेष्ट जानकारी सबै समक्ष पुगिसकेकाले त्यसबारे थप प्रस्ट्याउनु पर्ने आवश्यकता भएन ।
अब मन्दिर खुलिसकेको तथा भवन सञ्चालनमा आइसकेको अवस्थामा दाताहरु लगायत सबै महानुभावहरुमा यसको पूर्ण लाभ लिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं । कुनै कुरा बुझ्नु परेमा अथवा स्वयंसेवकको रुपमा केहि काम गर्न चाहनु हुन्छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
भगवान बुद्ध तथा भगवान पशुपतिनाथले हामी सबैमा शान्ति तथा सद्बुद्धि दिउन् भनेर प्रार्थना गर्दछौं ।
पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंग्ल्यान्ड (PABFONE)

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement