site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सांसदको प्रश्न– तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो कि होइन भन्दै प्रश्न गरेकी छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा उनले यस्तो प्रश्न गरेकी हुन् ।

ती तीन जिल्लामा गएको बजेट सच्चिएर नआएसम्म आउँदो आर्थिक वर्षको बजेट सन्तुलित नहुने उनले टिप्पणी गरिन् । अहिलेको बजेट आशावादी नरहेको र आवश्यकताअनुसार नआएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेको बजेट निर्वाचन क्षेत्रकेन्द्रित रहेको र अर्कोपटक आफैँले निर्वाचन जित्ने तथा मन्त्री बन्ने दाउ गरी ल्याइएकाले आशा गर्न नसकिने उनले बताइन् ।

“अहिले हामीले बजेट हेर्ने हो भने त्यो आशावादी बन्न सक्ने अवस्था छैन । अहिले पनि बजेट सन्तुलित छैन, व्यावहारिक छैन । केन्द्रिकृत छ, आत्मकेन्द्रित छ । अहिले पनि यो बजेट निर्वाचन क्षेत्रलाई जोगाउने र फेरि मन्त्री, सांसद हुने सपना बोक्ने किसिमको मात्रै छ,” उनले भनिन्, “जनताको लागि भन्दा पनि आत्मकेन्द्रित हुने नै बजेट छ । हामीले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन होस् भनेका छौँ । तर, तीन जिल्लाको कुरा मात्रै आए, सच्चिएर आयो कि आएन ? प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन ? त्यसैले पनि यो बजेट सन्तुलित छैन । यसले अहिलेको आवश्यकतालाई पूर्ति गर्न सक्दैन ।”

Global Ime bank

राष्ट्रियसभा सदस्य राईले जनताको अवस्था सरकार, नागरिक, किसान वा विदेशी कसले सोध्ने हो भन्दै प्रश्न गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय