site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलायतमा नेपाली इन्जिनियरको  भेला 
Tiktok banner adTiktok banner ad

बेलायत । सोसाइटी अफ नेपालीज इन्जिनियर युके ले आठौँ कन्फरेन्स भब्य रुपमा सम्पन्न गरेको छ । बेलायतका लागी नेपालका राजदूत ज्ञानचन्द्र आचार्य र नेपाल इन्जिनियारिङ्ग एसोसियसका अधक्ष्य डा. हरी दर्लामी द्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरी सुरु गरिएको कार्यक्रमलाई राजदुत आचार्यले कम्प्युटरको बाटन थिचेर स्क्रिनमा रिबन काटी उदघाटन गरेका थिए ।

इन्जिनियरिङ्ग फर एन्भारमेन्ट शिर्षकमा यो बर्षको कन्फरेन्स गरिएको थियो जसमा युके र नेपालका इन्जिनियरहरुले आफ्ना प्रस्तुतीहरु गरेका थिए भने ७० जना भन्दा धेरैको सहभागीता रहेको थियो। उद्घाटन मन्तब्यमा राजदूत आचार्यले युकेका विभिन्न क्षेत्रमा कामगरेर नाम उज्वल गरिरहेका नेपाली इन्जिनियरहरुले टेक्नोलोजी ट्रान्स्फर मा ठुलो योगदान पुर्याउन सक्ने भन्दै जहाँ रहेपनी देश सेवा गरिरहन आग्रह गरेका थिए ।

नेपालबाट आएका नेपाल इन्जिनियर एसोसियसनका अध्यक्ष हरी दर्लामी  र महासचिव रबी भुषण झा ले एसोसियसन ले बेलायतमा रहेका इन्जिनियरको संगठन सोसाइटी अफ नेपालीज इन्जिनियर सँग बिगतमा भएका सहकार्य को व्याख्या गर्दै सधैं मिलेर जाने प्रतिबद्धता ब्यक्त गरेका थिए।

l21689053576.JPG

इन्जिनियर द्वय रामराज शर्मा र तुल्सी फुँयालले नेपालमा आज सम्म प्रयोग नभयको तर बेलायत र युरोपमा निकै प्रचलित बिद्युत उत्पादनको प्रविधिको बारेमा प्रस्तुती दिएका थिए । टेक्निकल सेसन डा. रुद्र पौडेल र डा. बिदुर घिमिरे ले संचालन गरेका थिए भने  रुद्र कोइरालाको सभापतित्वमा भएको उक्त कार्यक्रमका संचालक महासचिव रबीचन्द्र कोइराला थिए।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro