site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा वर्षाको सम्भावना
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा आज दिउँसो र साँझ वर्षाको सम्भावना रहेको छ । बिहान मौसम सामान्यत: सफा रहे पनि दिउँसो र साँझ भने वर्षा हुनेछ । 

“आज काठमाडौंमा वर्षाको सम्भावना रहेको छ । दिउँसोबाट वर्षाको सम्भावना रहेको छ,” मौसमविद् रोजन लामिछाने भन्छन्, “दिउँसो र साँझ वर्षाको सम्भावना रहेको छ ।” काठमाडौंमा आज भारी वर्षाको सम्भावना भने नरहेको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ ।

“मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ रहन् भनेको पश्चिमतिर कम वर्षा हुनु हो,” रोजन भन्छन्, “अबका केही दिन पश्चिमतिर कम र पूर्वी भागतिर धेरै वर्षा हुनेछ ।” न्यूनचापीय रेखा जतिधेरै माथि सर्छ त्यति धेरै नेपालमा वर्षा हुने उनको भनाइ छ । 

Global Ime bank

चारवटा प्रदेशमा भारी वर्षा, जनजीवन प्रभावित हुनसक्ने

देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने क्षेत्रमा जनजीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement