site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चारवटा प्रदेशमा भारी वर्षा, जनजीवन प्रभावित हुनसक्ने
फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने क्षेत्रमा जनजीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुने विभागको भनाइ छ । भारी वर्षाका कारण दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिएको विभागले बताएको छ । 

हावाहुरी भारी वर्षा, मेघगर्जन तथा चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । 

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro