site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानमा दुईजनालाई फाँसी
प्रतीकात्मक तस्बिर ।

तेहरान । इरानको दक्षिणी सहर शिराजस्थित एक धार्मिकस्थलमा गत वर्ष भएको गोलीकाण्डमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको आरोपमा शनिबार दुईजनालाई सार्वजनिक स्थानमा फाँसीको फैसला भएको इरानी एक न्यायपालिकाले जनाएको छ ।

गएको अक्टोबर २६ मा शाह चेरागको शिया मुस्लिम दरगाहमा भएको आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए ।

Dabur Nepal
NIC Asia

“शाह चेराग आतंकवादी हमलाका दुईजना दोषीलाई आज बिहान सार्वजनिक रूपमा मृत्युदण्डको सजाय सुनाइएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।

सरकारी समाचार संस्था इरनाका अनुसार अदालतको फैसलाअनुरूप फारस प्रान्तको राजधानी शिराजस्थित दरगाहनजिकैको सडकमा उनीहरूलाई झुन्ड्याइएको छ । मिजानका अनुसार फाँसी दिइएकाहरू मोहम्मद रमेज रशिदी र नइम हाशेम कताली रहेका छन् ।

इरानले यसअघि उक्त आक्रमणमा छिमेकी अफगानिस्तानलगायत अरू मुलुकका नागरिक संलग्न रहेको जनाएको थियो । तर, मृत्युदण्ड दिइएका व्यक्तिको राष्ट्रियता सार्वजनिक गरिएको छैन ।

अफगानिस्तान र पाकिस्तानसँग सीमा जोडिएको इरानको उक्त क्षेत्र अशान्तिको केन्द्र बनेको र शनिबार चार आक्रमणकारीले सुन्नी बाहुल्य रहेको सहर जाहेदानमा दुई इरानी प्रहरीको हत्या गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro