site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो रहला शनिबारको मौसम ?

काठमाडौं । मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोसी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro