site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला समाजवादी मोर्चाले बोलायो बैठक

काठमाडौं । समाजवादी मोर्चाले गठन भएपछिको पहिलो बैठक बोलाएको छ ।

शनिबार (भोलि) अपराह्न ४ बजेका लागि बोलाइएको बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागिरहेका बेला समाजवादी मोर्चाको बैठक बोलाइएको हो । बैठकले आगामी रणनीति तय गर्ने देखिन्छ ।

एमालेकै अडाका कारण प्रतिनिधिसभाको बैठक सरिरहेको छ । संसद्‍को अर्को बैठक आइतबारका लागि तय गरिएको छ । अर्कोतिर सभामुख देवराज घिमिरेले भोलिसम्म सहमति खोज्न दलहरूलाई आग्रह गरेका छन् । 

मोर्चा घोषणा सभामा प्रचण्डले समाजवादी मोर्चा 'प्रतिगमनकारी विरुद्धको युद्ध' घोषणा भएको बताएका थिए ।

असार ४ गते नेकपा (माअ‍ोवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित समाजवादी मोर्चा घोषणा गरिएको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro