site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धनलाई ओलीको जवाफ : संसद्‌मा मात्रै होइन जहाँ बोलाए त्यहाँ जान तयार छौँ 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले राष्ट्रियतामाथि मजाक उडाएको बताएका छन् । 

स्ववियु काउन्सिलको राष्ट्रिय भेलामा उनले प्रीतम सिंह दिल्ली नै नगएको भन्दै उनलाई बेकारमा मुछेको र प्रधानमन्त्रीले झुट बोलेको आरोप लगाए । 

उनले भारतले पनि प्रधानमन्त्रीबारे केही नभनेको भन्दै भारतलाई मुछ्ने काम भएको बताए । उनले आफूहरूले राजीनामा माग्दा सत्ता गठबन्धनले संसद्‌मा नै सामना गर्ने भनेको को हो भन्दै प्रश्न गरे । 

“उहाँहहरूले के का लागि पार्लियामेन्टमै सामना गछौँ भनेको हो ? उहाँहरूले वार्ता गछौँ, समस्या समाधान गछौँ भन्नुभएन । पार्लियामेन्टमा सामना गरिन्छ भन्नुभयो,” ओलीले भने । 

उनले एमाले संसद्‌मा मात्रै होइन जहाँ बोलाए त्यही जाने जवाफ समेत दिए । “प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा नम्रताका साथ भन्न चाहन्छु, सत्ता पक्ष पार्लियामेन्टमा मात्रै होइन जहाँ भन्छ त्यहाँ हामी तयार छौँ,” उनले भने, “स्पष्ट तोकेर बोलाए हुन्छ । त्यहाँ हामी पुग्न तयार छौँ ।”
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro