site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
Sarbottam CementSarbottam Cement

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

संसद्‌मा देखिएको अवरोधको विषयमा छलफल गर्न बैठक बोलाएको समिति सदस्य रामहरी खतिवडाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठक आज दिउँसो साढे १ बजे संसद् भवन वानेश्वरमा बस्ने उनले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ । 

भारतले चाहेमात्र नेपालमा सरकार बन्ने आशयको अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिएपश्चात् बुधबारको प्रतिनिधिसभा बैठकमा एमालेले समस्या खडा गरेको थियो । सभामुखले बैठक सञ्चालनको वतावारण बनाउन समिति बैठक बोलाएको खतिवडाले जानकारी दिए । 

Global Ime bank

यस्तै, बैठकमा विषयगत समिति सभापति चयन, संसद् बैठक केही दिन स्थगन गर्ने÷नगर्ने लगायत विषयमा छलफल हुने उनले जानकारी दिए । प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्दै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement