site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको सचिवालयको आरोप– अभिव्यक्तिको अपव्याख्या गरियो
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिको अपव्याख्या गरिएको आरोप लगाइएको छ । अभिव्यक्तिको अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको प्रधानमन्त्रीको सचिवालयको आरोप छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै सो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैँमा निरर्थक र दुःखद भएको उनको भनाइ छ ।

विज्ञप्ति पढ्नोस्–

adf1688630886.jpg

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्