site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनी फरवार्ड डी मारिया पुनः बेन्फिकामा

काठमाडौं । अर्जेन्टिनी फरवार्ड एन्जल डी मारिया दोस्रोपटक बेन्फिकामा अनुबन्धित भएका छन् ।

बेन्फिकाले बिहीबार सामाजिक सञ्जालमार्फत डी मारियासँग सम्झौता गरेको खुलाएको हो । डी मारियाले यसअघि सन् २००७ देखि २०१० सम्म बेन्फिकाबाट खेलेका थिए । डी मारिया बेन्फिकाबाट नै युरोपियन फुटबलमा भित्रिएका हुन् ।

Dabur Nepal
NIC Asia

उनले गत सिजन इटालियन क्लब युभेन्ट्समा बिताएका थिए । युभेन्ट्स आउनुअघि डी मारियाले सात वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का लागि खेलेका थिए ।

“घरमा स्वागत छ, डी मारिया,” सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बेन्फिकाले लेखेको छ । क्लबले हालसम्म सम्झौताको बारेमा केही नखुलाए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने एक वर्षका लागि डी मारिया पोर्चुगिज क्लबमा गएको जनाएका छन् ।

डी मारियाले बेन्फिकामा अर्जेन्टिनाका सहकर्मी निकोलस ओटामेन्डीसँग खेल्नेछन् । अर्जेन्टिनाले गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि जित्दा ओटामेन्डी र डी मारिया टिमका महत्वपूर्ण सदस्य थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro