site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मिटरब्याजीपीडितलाई न्याय दिलाउने काम रोकिँदैन : गृहमन्त्री
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय नदिलाइ विश्राम नलिने बताएका छन् । पीडितलाई हरहालतमा न्याय दिलाउने सामाजिक सञ्जालमार्फत उनले बताए ।

संसद्बाट मिटरब्याजसम्बन्धी विधेयका पारित हुन नसके पनि पीडितलाई न्याय दिलाउने काम नरोकिने उनले बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“आज म धेरै आहात भएको छु । आज प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुनुपर्थ्यो । तर गरिएन,” उनले लेखेका छन्, “आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ ।”

उनले सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिने बताए । उनले लेखेका छन्, “पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरुले सोचेका छन् भने त्यो ठूलो भ्रम हो । पीडितलाई न्याय नदिलाई विश्राम लिइने छैन ।”

Global Ime bank

गृहमन्त्री श्रेष्ठले आयोगले काम जारी राख्ने पनि बताए । प्रजिअ कार्यालयमा सहजीकरण समितिको काम निरन्तर अघि बढ्ने पनि उनले जानकारी दिए ।

“विधेयक संसद्को प्रकृयामा छ, अघि बढाइनेछ र कानुन बनाइ छाडिनेछ,” उनले लेखेका छन्, “तसर्थ, पीडितहरुलाई निरास नहुन र सकृयताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपिल गर्दछु । न्याय र विजय सुनिश्चित छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC