site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको भनाइबारे कांग्रेस महामन्त्री शर्मा भन्छन्– आलोचना जरुरी छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आलोच्य भएको बताएका छन् । आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको आलोचना जरुरी रहेको उनले बताए ।

सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको बताए । उनले लेखेका छन्, “नेपालको प्रम नेपालको संसद्ले चयन गर्दछ र गर्ने हो । मित्र रास्ट्रहरुलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रमकै हो !”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाइरहने बताएका छन् । प्रतिपक्षको त यो मूल कर्तव्य नै भएको उनले बताए ।

महामन्त्री शर्माले मिटरब्याज पीडितहरुलाई न्याय दिन ल्याइएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ आज संसद्बाट पारित नहुँदा निष्क्रिय भएको भन्दै विधेयक पारित हुन दिएर मात्र अवरोध गरौँ भन्ने बुद्दिमत्ता कुनै पनि विपक्षी दलमा नदेखिएको बताए ।

विधेयक पारित हुन नसक्नु दुःखद् भएको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्