site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजविराजमा भारी वर्षा, उद्वार तथा प्रतिकार्यको लागि तयारी रहन आग्रह
प्रतीकात्मक तस्बिर

काठमाडौं । सप्तरीको राजविराज र आसपास भारी वर्षा भएको छ । भारी वर्षाका कारण सो क्षेत्र भएर बहने स–साना नदी तथा डुवान भैरहने होचो स्थानमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ । 

राजविराजमा गएरातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । बाढी र डुवानको घट्ना घटेमा स्थानीय विपद व्यवस्थापन समिति तथा नजिकको सुरक्षा युनिटलाई तुरुन्त खबर गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले तत्काल उद्वार तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन स्थानीय विपद व्यवस्थापन समिति, सुरक्षा निकाय र सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ । 

आज मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।  
 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro