site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युतीय ट्रान्सफर्म चोरी गर्ने चारजना पक्राउ
प्रतिकारात्मक तस्बिर ।

काठमाडौं । रौतहटका विभिन्न स्थानहरूबाट विद्युतीय ट्रान्सफर्म चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका–६, पोठीयाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका–१, भसेढवा बस्ने ४६ वर्षीय रामलाल महतो, सोही ठाउँ बस्ने ३६ वर्षीय वीरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन् ।

उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । रौतहटका विभिन्न स्थानहरूका ट्रान्सफर्मबाट तार लगायतका सामान चोरी गरेको घटना अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले गरुडा नगरपालिका–४ स्थित कवारबाट तामाको चुडी १७५ किलो ७०० ग्राम, तामाको क्वाईल १२९ किलो ३०० ग्राम, खुल्ला तामाको तार ७१ किलोग्राम बरामद गरेको छ ।

साथै उनीहरूबाट मोटरसाइकल दुई थान, स्कुटर एक थान र मोबाइल चार थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत रौतहटबाट चोरीसम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro