site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले जित्यो एसीसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधि 

काठमाडौं  । बलिङमा अभिषेक तिवारी र ब्याटिङमा नरेन चम्किएपछि फाइनलमा घरेलु टिम मलेसियाविरुद्ध २२१ रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ । 

मंगलबार मलेसियाको बायुइमास ओभलमा नेपालले प्रस्तुत गरेको २५३ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिम १४.५ ओभरमा ३१ रनमै समेटियो ।

मलेसियालाई सस्तैमा समेट्न घातक बलिङ गरेका अभिषेकले पाँच विकेट लिए । ६ ओभर बलिङ गरेका अभिषेकले एक मेडन राख्दै सात रन मात्र खर्चिए । सन्तोष यादवले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका सन्तोषले दुई मेडन राख्दै नौ रन खर्चिए । सागर गैरे र अशोक धामीले समान एक विकेट लिए ।

नेपाली बलरसामु निरीह देखिएको मलेसियाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । मुहम्मद अक्रमले १० रन जोडे । उनीबाहेक नेपालविरुद्ध मलेसियाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाका पाँच ब्याटर ‘डक’ भएका थिए । त्यसमध्ये ओपनर मुहम्मद अस्याकल ‘गोल्डेन डक’ भएका थिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले नरेनको शतकमा निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रन बनाएको थियो ।

नरेनले ८९ बलमा १० चौका र दुई छक्कासहित अविजित ११२ रनको योगदान गरे । निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यकुमार कोइरालाले १८ र अशोक धामीले ११ रन जोडे । नेपालले २६ रन अतिरिक्त पाएको थियो ।

नेपाल ११२–४ को अवस्थामा हुँदा सन्तोष र नारेनले १०४ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफलतर्फ डोहोर्‍याएका थिए ।

मलेसियाका मुहम्मद अक्रमले तीन विकेट लिए । हाजिक हाइकल, अरियन अकिल र मुहम्मद फतहुल मुइनले समान एक विकेट लिए ।

नेपालले सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो । त्यसअघि, समूह ‘ए’को विजेता बन्दै नेपालले अन्तिम चारमा स्थान बनाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro