site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनएसजेएफको १८औं वार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को १८औं वार्षिक साधारणसभा तथा खेलकुद पत्रकारिता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

काभ्रेको धुलिखेलमा आइतबारदेखि सुरु भएको दुईदिने उक्त कार्यक्रमको पहिलो दिन मल्टिप्ल्याटफर्म जर्नालिजमबारे सीएमआर नेपाल एकेडेमीका निर्देशक उज्वल आचार्यले प्रशिक्षण दिएका थिए । प्रशिक्षण ६४ जना खेल पत्रकार सहभागी भएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुई दिने पत्रकारिता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप), केटीएम सिटी र प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले सहयोग गरेको थियो । सोमबार मञ्चको १८औं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ ।

उक्त साधारणसभाको बन्द सत्रमा मञ्चका महासचिव प्रज्वल ओलीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुजन श्रेष्ठको आर्थिक प्रतिवेदन पेश भएको थियो । सो प्रतिवेदन साधारणसभाले पास गरेको छ ।  

सोमबार उक्त साधारणसभा राखेपका सदस्यसचिव टंकलाल घिसिङले चालु आर्थिक वर्षमा राखेपको सहयोगमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्