site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फेसबुकमा गाली गरेर होइन, एजेण्डासहित वैकल्पिक राजनीति गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैकल्पिक शक्तिका रुपमा आउन चाहनेलाई देशको भविष्यसँग सम्बन्ध राख्ने राजनीतिक एजेण्डा लिएर आउन आग्रह गरेका छन् ।

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजको १२औँ स्थापना दिवस तथा गिरिजाप्रसादको जन्मशताब्दीका सन्दर्भमा आयोजिक कार्यक्रममा प्रधानमन्त्रीले वैकल्पिक शक्ति बन्नका लागि फेसबुकको गालीलाई एजेण्डा बनाएर नहुने बताए ।

“हामीभन्दा राम्रो विचार बोकेर, हामीभन्दा धेरै त्याग र बलिदानी गरेर वा गर्न तयार भएर कोही राजनीतिमा आउँछ भने हामी स्वागत गर्छौँ । हामीले भन्दा राम्रा मुद्दा बोकेर जनताको मन कसैले जित्छ भन्ने हामी ठाउँ छोड्न पनि तयार छौँ,” प्रधानमन्त्रीले भने, “तर, फेसबुकमा गाली गर्नु राजनीतिक एजेण्डा हुन सक्दैन ।”

प्रधानमन्त्रीले राजनीति गर्नेले संघर्ष र बलिदानी पनि गर्न तयार हुनुपर्ने भन्दै जनताका लागि त्याग नगर्नेले फेसबुकबाट गाली गरेर वैकल्पिक राजनीति नहुने बताए । उनले पछिल्लो पुस्तालाई योगदानको कदर गर्न सिकाउनुका साटो अपमान गर्न सिकाउने प्रयास भएको बताए ।

परिस्कृत राजनीतिको साटो विकृत राजनीतिले देशको हित पनि नगर्ने उनले बताए । संविधानको रक्षा र कार्यान्वयनका लागि आफू आउनै पर्छ भन्ने भएर आफू प्रधानमन्त्री बनेको बताएका प्रचण्डले राजनीतिक विकृतिले नागरिकमा भने निराशा ल्याएको बताए ।

“राजनीतिमा देखिएका तमाम विकृतिले जनतामा निराशा ल्याएकै छ । त्यो निराशा चिर्न हाम्रा कमी कमजोरी सुधार्दै केही गरेर देखाउनु पर्छ । यसपटक म त्यसकै निम्ति प्रधानमन्त्री बनेको हुँ,” प्रधानमन्त्रीले भने, “प्रधानमन्त्री बन्ने अवस्था नहुँदा बीचमा केही तलमाथि पनि भए । म जसरी पनि बन्नुपर्छ भनेर लागेकै हुँ ।”

उनले संविधानको भावनाअनुरुप यसको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता र नागरिकमा रहेको निराशा घटाउनु आफ्नो लक्ष भएको बताए ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro