site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
'समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको छ'
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताएका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटवार्तामा अग्रवालले यस्तो बताएका हुन् ।

अग्रवालले पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउँदै हाल तरलता भए पनि कर्जाको उच्च ब्याज तथा चालु पूँजी कर्जाका विभिन्न प्रावधानहरूका कारणले कर्जा लिन नसकेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तिमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमुलक क्षेत्रमा जोड दिनुपर्ने अग्रवालको भनाइ छ ।

Global Ime bank

सो अवसरमा गभर्नर अधिकारीले परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको भन्दै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताए । मूल्यवृद्वि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनुपर्ने गभर्नर अधिकारीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement