site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरूले मात्रै बैंकबाट ऋण पाउने अवस्थाको अन्त्य हुनेगरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन् । 

आम जनता बैंकबाट ऋण नपाएपछि मिटरब्याजीहरूको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले आम जनतालाई बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताएका हुन् । 

Argakhachi Cement Island Ad

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको बताए । 

उनले भने, “देशको पूँजी सही ढंगले परिचालन नभई मुलुकको समृद्धि सम्भव छैन । मान्छे जानीजानी ठगिन बाध्य हुन्छ । ठगिने परिवेश कसले निर्माण गर्‍यो ? बैंकले ऋण नदिने भएकाले मानिस जानीजानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छ । गरिबले बैंकबाट ऋण लिन पाउने अधिकार पनि छैन ? त्यसकारण गरिबलाई आत्महत्याका लागि प्रेरित गरिदिने, ठगिन विवश पारिएको छ ।” 

उनले गरिबले पनि बैंकहरूबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाई दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

उनले गरिब जनताबाट निक्षेप संकलन हुने तर केही मुठीभर मानिसहरूले मात्रै ऋण पाउने अवस्थाको अन्त्य नभएसम्म मुलुकमा समृद्धि सम्भव नरहेको पनि पटकपटक दोहोर्‍याए । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्