site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित भएका छन् । शनिबार विद्युतीय माध्यमबाट भएको मतदान अनुसरा शर्मा ६ सय ५३ मत पाएर विजयी भए । अध्यक्षमा प्रतिस्पर्धी जमुनादेवी कंडेलले २४२ मत र राधाकृष्ण सापकोटाले १ सय ३९ मत प्राप्त गरे । 

यस्तै संघको उपाध्यक्षमा नीलविक्रम थापा र प्रदीप अधिकारी चुनिएका छन् । महासचिव नवराज आचार्य (नवीन), कोषाध्यक्षमा देव कुमार गिरी, युवा संयोजकमा भुवन खड्का र सदस्यहरूमा एलेक्स पोख्रेल, गोविन्द पौडेल,निराजन गुरूङ, राम प्रशाद अर्याल, सन्तोष बस्नेत निर्वाचित हुनु भएकोछ । आइसिसि सदस्यमा दीपकराज रिजाल निर्वाचित भए । 

महिला उपाध्यक्षमा मनिषा सिंह कोइराला, सचिवमा निलम रानाभाट, सहकोषाध्यक्षमा सरस्वती कार्की, महिला संयोजक लक्ष्मी बेलबासे अधिकारी,महिला सदस्यमा अम्बिका अधिकारी र आश्मा कोइराला निर्विरोध निर्वाचित भएका थिए । गैरआवासीय नेपाली संघ डेनमार्कको नेतृत्व चयनको लागि १ हजार ४६ मतदाताले माग लिएका थिए । संघको नयाँ नेतृत्व आगामी असोजमा चुनिने कार्यतालिका छ । यसको लागि अहिले विभिन्न देशमा निर्वाचनकोे कार्यक्रम शुरू भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement