site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–३, मदनपुर घर भई काठमाडौंको टोखा नगरपालिका–३, धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बू रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

Dabur Nepal
NIC Asia

लिम्बुले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि माल्टा पठाई मासिक एक लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख ३० हजार रूपैयाँ दिई सम्पर्कविहीन भएका थिए । 

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–५, कालोपुलबाट पक्राउ गरेको जनाइएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro