site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नयाँ एनसेल सेन्टर लहानमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले लहानको सहिद चोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । 

कम्पनीले एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यले उक्त सेन्टर सञ्चालनमा ल्याएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रममा बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्णरूपमा सञ्चालनमा आएको छ ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैँ सँगै’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्नेछन् । 

यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, विजप्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारू गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् । 

ncell lahan21688113065.jpg

“हाम्रो मुख्य उद्देश्य भनेको आफ्ना ग्राहकहरूलाई सेवाहरू मार्फत धेरैभन्दा धेरै लाभ सिर्जना गर्नु हो ।” जाब्बोरले भने, “लहानको योनयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम सञ्चालनमा ल्याइएको हो ।”

आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजेदेखि ५ः३० बजेसम्म यस सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । 
यस अघि एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्