site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
ओस्करको नयाँ सदस्यमा भारतका एनटीआर, करन जोहरदेखि टेलर स्विफ्टसम्म 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अस्कर अवार्ड आयोजना गर्ने एकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एन्ड साइसेन्जले ३९८ नयाँ सदस्य थपेको छ । 

नयाँ सदस्यका लागि आमन्त्रित गरिएकामा भारतीय अभिनेता एनटी रामाराओ जेआर (एनटीआर), चलचित्र निर्माता करन जोहार, ओस्कर विजेता गीत (नातु नातु)का  संगीतकार एमएम किरावानी, गीतकार चन्द्रबोस, छायांकनकर्ता केके सेन्थिल कुमार र निर्माण डिजाइनर साबु सिरिललगाय रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी अभिनेता अस्टिन बटलर र के ह्यु क्वान, अभिनेत्रि केके पाल्मर, सुपरस्टार गायिका टेलर स्विफ्टलगायत छन् ।

यस वर्षका सबै आमन्त्रितले सदस्यता स्वीकार गरेमा ओस्कर एकेडेमी सदस्यको कुल संख्या १० हजार ८१७ पुग्नेछ । गत वर्षका सदस्य संख्या १० हजार ६६५ छ ।

Global Ime bank

योग्य मतदाताको संख्या ९ हजार ३७५ पुग्नेछ । यो संख्या गत वर्षको योग्य मतदाता ९ हजार ६६५ भन्दा कम हो । किनकी केही सदस्यको मृत्यु भएको छ भने केही रिटायर भएका छन् ।  केही मतदान गर्नबाट बाहिर छन् ।

सन् २०२३ मा सदस्यको अनुपात ४० प्रतिशत महिला छ भने ३४ प्रतिशत विभिन्न जातीय समुदायका सदस्य छन् ।

५२ प्रतिशत सदस्य विभिन्न ५१ देशबाट अमेरिकाभन्दा बाहिरका रहेका छन् । नयाँ सदस्य आमन्त्रित गरिएकामा धेरै ओस्कर विजेता रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय